You are viewing the translated version of कोषको प्रयोग.

Rule 6
कोषको प्रयोग
(१) कोषको रकम देहायको कार्यका लागि प्रयोग गरिनेछ :-
(क) वित्तीय संस्था, सहकारी संस्था मार्फत स्वरोजगार बन्न चाहने लक्षित समुदायका
युवा तथा साना व्यवसायीलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन,
(ख) कोषको स्वीकृत वार्षिक कार्यक्रम अनुसारको कार्यक्रम सञ्चालन गर्न,
(ग) ब्याज, अनुदान, कर्जा व्यवस्थापन शुल्क, बीमा प्रिमियम शुल्क र कर्जा सुरक्षण शुल्क अनुदानस्वरुप उपलब्ध गराउन,
(घ) कोषको उद्देश्य प्राप्तिको लागि समितिले गर्ने अन्य कार्य गर्न वा गराउन ।
(२) उपनियम (१) बमोजिम कोषको रकम प्रयोग गर्दा प्रचलित कानूनको अधीनमा रही समितिले स्वीकृत गरेको कार्यक्रममा मात्र प्रयोग गर्नु पर्नेछ ।